पटकपटक स्वास्थ्यमन्त्री बनेका पोखरेल अब रोकिए


काठमाडौं । पटकपटक स्वास्थ्यमन्त्री बनेका गिरिराजमणि  पोखरेल अब रोकिएका छन् । महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएसँगै उनको पुनः स्वास्थ्यमन्त्री बन्ने ढोका बन्द भएको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतोसँग पराजित भएका छन् । उनी १ हजारभन्दा बढी मतले महतोसँग पराजित हुन् पुगेका हुन् ।

महोत्तरी निर्वाचन अधिकृतको कार्यालयका अनुसार महतोले २४ हजार चार सय एक मत ल्याई विजयी हुँदा पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेर पराजित भएका छन् ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमा एकछत्र राज गरिरहेका पोखरेल अब ५ वर्ष मन्त्रिमण्डलबाट बाहिर रहने भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्य मन्त्री दिपक बोहोरा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com