इनरुवा अस्पताल बिगार्ने सल्बलाउन थालेको मेसु डा. घिमिरेको आरोप


काठमाडौं । जिल्ला अस्पताल सुनसरी इनरुवालाई बिगार्ने सल्बलाउन थालेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. देवराज घिमिरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरीको सदरमुकामस्थित रहेको जिल्ला अस्पताल बिगार्नेहरु सल्बलाउन थालेको दाबी गरेका हुन् ।

‘जालझेल, भ्रष्टचार र षडयन्त्रले बिगारिएको जिल्ला अस्पताल के सुधार भएको थियो फेरि बिगार्न सल्बलाउन थाले’ जिल्ला अस्पताल सुनसरी इनरुवाका मेसु डा. घिमिरेले लेखेका छन्, ‘हामीले त अस्पताल केही बनाईसकेउ केही बाँकी छ, सक्छौं भने फेरि बिगार ।’, मेसु डा. घिमिरेले जिल्ला अस्पताल बिगार्न सल्बलाउनेहरुको नाम भने खोलेका छैनन् । नाम सार्वजनिक गर्ने समय आउने उनको प्रतिक्रिया छ ।

चुनाव अगाडि पनि मेसु डा. घिमिरेले फेसबुकमा चुनाव जसले जितोस् हामीलाई मतलब भएन तर अस्पताल पहिला जस्तो बनाउन पाइँदैन भन्ने स्टाटस राखेका थिए । चुनाव सकिएलगत्तै अस्पताल बिगार्न सल्बलाउन थालेको दाबी गरेका छन् ।

पछिल्लो समय निकै सुधार भएको नभिएको जिल्ला अस्पताल सुनसरीमा फेरि पुरानै बेथितिको रोग भित्रन खोजेपछि मेसु डा. घिमिरेको निरास टिप्पणी सार्वजनिक भएको छ । यसले उक्त अस्पताल सुधार्न नचाहने गिरोह निकै सक्रिय रहेको संकेत पाइन्छ । यो विषयमा नवनिर्वाचित जनप्रतिनिधि र स्थानीय जनताले मेसु घिमिरेलाई साथ दिनुपर्ने आवश्यकता देखिन्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #जिल्ला अस्पताल सुनसरी इनरूवा, #मेसु डा. देवराज घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com