१९, २० र २१ गते कमलादीमा नेपाल चिकित्सक संघको मतदान


काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि माघ १९, २० र २१ गते  गते मतदान हुने भएको छ ।

निर्वाचन समितिका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान(गोलघर) कमलादी, काठमाडौंमा तीन दिन मतदान हुने कार्यतालिका रहेको छ ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने संघको निर्वाचन समितिले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत डा. धन बहादुर राना मगरका अनुसार देशभरका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन सम्पन्न भइसकेको छ । अब १९ गतेदेखि २१ गतेसम्म काठमाडौंमा निर्वाचन हुने छ ।

नेपाल चिकित्सक संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि डा. अनिल बिक्रम कार्कीको प्यानल र डा. सन्तोष पौडेलको प्यानलबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com