वीपीमा रेडियोलोजी सेवा लिने निरन्तर घट्दै


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेडियोलोजी सेवा लिने निरन्तर घट्दै गएको पाइएको छ ।

वीपी प्रतिष्ठानको उपकुलपतिमा किर्ते प्राध्यापक डा. ज्ञानेन्द्र गिरी आएपछि वीपीमा रेडियोलोजी सेवा लिनेको संख्या लगातार घटेको पाइएको हो ।

गिरी उपकुलपति भएपछि वीपीले आवश्यक सेवा उपलब्ध गराउन नसक्दा बिरामीहरू निजी अस्पतालमा गएर सेवा लिन बाध्य भएका छन् । यसले वीपी प्रतिष्ठान आर्थिक रुपले धराशायी बन्दै गएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार वीपी प्रतिष्ठानमा आर्थिक वर्ष २०७५/०७६ मा १०७६१७ ले एक्स रे सेवा लिएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ८७९०३ एक्स रे सेवा लिएका छन् ।  त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ७५९२२ जनाले एक्स रे सेवा लिएका छन् । यो संख्याले एक्स रे सेवा लिनेको संख्या निरन्तर घटेको देखाउँछ ।

आर्थिक वर्ष २०७५/०७६ मा युएसजी सेवा लिनेको संख्या ४५१८३ रहेको थियो ।  आर्थिक वर्ष २०७६/०७७ मा उक्त सेवा लिनेको संख्या घटेर ३६४६५ पुगेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा युसजी सेवा लिनेको संख्या अझ घटेर ३२७३१ मा पुगेको छ । यसले वीपी प्रतिष्ठानमा बिरामीको घट्दो अवस्थामा देखाउँछ ।

वीपीमा सिटी स्क्यान सेवा लिनेको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७५/०७६ मा ९१५९ ले उक्त सेवा लिएकोमा आर्थिक वर्ष २०७६/०७७ मा ६१३२ मा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ मा केही सुधार भएर सिटी स्क्यान सेवा लिनेको संख्या ७३४२ पुगेको देखिन्छ ।

वीपी प्रतिष्ठानको रेडियोलोजी विभागमा १ थान सिआर सिस्टमको एक्से रे मेसिन र डिआर सिस्टमको ३ वटा एक्स रे मेसिन रहेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com