वीपी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी शर्मालाई


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको जिम्मेवारी सञ्जीव कुमार शर्मालाई दिइएको छ । भ्रष्टाचारको अभियोग लागेर उपकुलपति डा. ज्ञानेन्द्र गिरी निलम्बित भएपछि शर्मालाई निमत्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहेका प्रा.डा. शर्मालाई प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री  पदम गिरीले निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् । उनलाई उपकुलपतिको जिम्मेवारी दिनेगरी पत्र तयार भइसकेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो ।

शर्मालाई तत्कालीन सहकुलपति एवं स्वास्थ्यमन्त्री भवानी  प्रसाद खापुङले वीपीको शिक्षाध्यक्षमा नियुक्त गरेका थिए । तत्कालीन शिक्षाध्यक्ष  प्रा. डा. गुरु खनालको कार्यकाल सकिएसँगै उपकुलपति गिरीको सिफारिसमा उनी शिक्षाध्यक्षमा नियुक्त भएका थिए । अहिले गिरी भ्रष्टाचार मुद्दामा निलम्बित भएसँगै उनै शर्मा निमित्त उपकुलपति बनेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com