स्वास्थ्य राज्यमन्त्री कार्कीसहित रास्वपाका मन्त्रीहरू आज सरकारबाट फिर्ता होलान् त ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारमै रहने की सरकारबाट बाहिरिने भनेर आज निर्णायक बैठक सुरू भएको छ ।

बसुन्धरास्थित  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा सुरु भएको बैठकले सरकारमै रहने की सरकारबाट बाहिरिने निर्णय गर्ने महासचिव मुकुल ढकालले जानकारी दिए ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले रास्वपा सरकारमै रहने की सरकारबाट बाहिरिने निष्कर्ष निकाल्ने भएको छ । उक्त बैठक सकिएलगत्तै पार्टी सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दैछन् ।  गृह मन्त्रालय नपाए सरकार छाड्ने मनस्थितिमा उनी रहेका छन् ।

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले गरेको प्रस्तावमाथि हिजो छलफल हुँदा अधिकांशले गृहबाहेकमा हुन्न भन्ने मत राखेका थिए । त्यसमा रवि पनि उभिएका छन् । हिजोबाट पार्टी सरकारबाट अलग हुनुपर्छ भन्ने मत बढ्दै गएकाले रास्वपा सरकारबाट बाहिरिने सम्भावना प्रवल रहेको ती सदस्यले बताए ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरे स्वास्थ्य राज्यमन्त्री डा. तोशिका कार्की, शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल आजै सरकारबाट फिर्ता हुनेछन् । रास्वपाभित्रको पछिल्लो गर्मागर्मी हेर्दा यो सम्भावना बढेर गएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी, #शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल, #स्वास्थ्य राज्यमन्त्री डा. तोशिका कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com