स्वास्थ्य राज्यमन्त्री कार्कीसहितका रास्वपका मन्त्रीको जागिर चैट !


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहेका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्की, शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्याल फिर्ता हुने भएका छन् ।

रास्वपाले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने यथावत रहेको जनाएको छ ।

चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा पद गुमेको थियो । सर्वोच्च अदालतको फैसलासँगै उनले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पद समेत गुमाएका थिए । उनले आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई लगातार दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय रवि र उनको पार्टीलाई दिने पक्षमा नदेखिएपछि रास्वपाले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com