रास्वपाको मन्त्रीहरू प्रधानमन्त्रीलाई राजीनामा बुझाउन जाँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा बुझाउन जाँदै छन् ।

स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्की, शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डोलप्रसाद अर्याल प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउन जाने तयारी गरेका छन् ।  रास्वपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन जारी रहेकाले त्यसलगत्तै रास्वपाका मन्त्रीहरू राजीनामा बुझाउन जानेछन् ।

रास्वपाले आजै मन्त्रीहरूलाई राजीनामा बुझाउन निर्देशन दिएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन जारी राख्दै मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com