स्वास्थ्य राज्यमन्त्री डा.कार्कीसहित रास्वपाका तीनैजना मन्त्रीले बुझाए राजीनामा


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.ताेसिमा कार्कीले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मन्त्री बनेकी डा.कार्कीले आइतवार साँझ प्रधानमन्त्रीलाई राजीनामा बुझाएकी हुन् ।

रास्वपाको आइतवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहेका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै स्वास्थ्य राज्यमन्त्री डा. कार्की, शिक्षामन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले एकसाथ राजीनामा बुझाएका हुन् ।

रास्वपाले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाएपनि सरकारलाई दिएको समर्थन भने यथावत रहेको जनाएको छ ।

चितवन-२ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता विवादमा पद गुमेको थियो । सर्वोच्च अदालतको फैसलासँगै उनले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पद समेत गुमाएका थिए । उनले आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई लगातार दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय रवी र उनको पार्टीलाई दिने पक्षमा नदेखिएपछि रास्वपाले सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com