भुकम्प पछि नवीकरणै हुन सकेनन् ‘माउ’ स्वास्थ्य संस्था


काठमाडौं । वि.सं. २०७२ सालको भुकम्प पछि नेपालका स्वास्थ्य संस्था सञ्चालन तथा नवीकरणका लागि नयाँ ऐन आएको थियो । जनस्वास्थ्य ऐन आएपछि कतिपय पुराना ‘माउ’ स्वास्थ्य संस्था नवीकरण हुन सकेका छैनन् । नवीकरण बिना पनि सञ्चालन भइरहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धुलिखेल अस्पताल काभ्रे, कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल चितवन, देवदह मेडिकल कलेज रिसर्च इन्टिच्यूट, रुपन्देही, जानकी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल जनकपुर हालसम्म पनि नवीकरण हुन सकेका छैनन् ।

नवीकरण नभएका स्वास्थ्य संस्थालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक पटक प्रक्रियामा आउँन आग्रह गरेको छ । तर, उनिहरू अहिलेसम्म पनि प्रक्रियामा आएका छैनन् । तर, सरकारले सञ्चालन स्वीकृति नलिएका अस्पताल बन्द गर्न भने सकेको छैन ।

मन्त्रालयले ५० वेडसम्मका स्वास्थ्य संस्थाको नवीकरण गर्ने जिम्मा स्थानीय तह, ५० देखि २०० सम्मका स्वास्थ्य संस्था प्रदेश र २ सयदेखि माथिका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हेर्दै आएको छ ।

चार वटै अस्पतालको ०७२ सालदेखि नवीकरण रोकिएको छ । तर, शक्ति र शत्ताको दुरुपयोग गर्दै भन्सार छुट जस्ता सेवा भने लिइरहेका छन् ।

मन्त्रालयका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) भएको छैन । भुकम्प पछि सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ । साथै यी चार अस्पतालको २०६० बमोजिम अस्पताल भवनको कागजात पेश भएको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com