भक्तपुर अस्पतालसहित ७ स्वास्थ्य संस्थाले एम्बुलेन्स पाए


काठमाडौं । भक्तपुर जिल्ला अस्पतालसहित ७ स्वास्थ्य संस्थाले एम्बुलेन्स पाएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ती स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको हो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले आज एक कार्यक्रमकाबीच ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।  भक्तपुर अस्पतालसहित बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखाले प्रदेश सरकारबाट `ख´ वर्गको एम्बुलेन्स प्राप्त गरेको हो ।

त्यस्तै मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई स्वास्थ्यमन्त्री श्रेष्ठले एउटै प्रकारको एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एउटा एम्बुलेन्सको मूल्य झन्डै ५३ लाख रुपैयाँ परेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष बागमती प्रदेशका ५ स्वास्थ्य संस्थालाई एउटा/एउटा एम्बुलेन्स हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले यसपटक ७ वटा स्वास्थ्य संस्थालाई ७ वटा एम्बुलेन्स उपलब्ध गराउन सफल भएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com