डा. सिंहमाथि कुटपिट गर्ने प्रहरी हवल्दार गुरुङ निलम्बित


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरी हवल्दारलाई निलम्बित गरिएको छ।

शुक्रवार ट्रमा सेन्टरमा कार्यरत चिकित्सक जनिथलाल सिंहमाथि लाठीचार्ज र कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले बताए।

आवश्यक कारबाहीका लागि उनलाई निलम्बन गरिएको रिजालले बताए। घाइते डाक्टर सिंहको ट्रमा सेन्टरको आइसीयूमा उपचार भइरहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका थिए।

शुक्रवार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनी गम्भीर घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।

यसअघि नेपाल चिकित्सक सङ्घले डा. सिंहमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com