आज देशभर अत्यावश्यक स्वास्थ्य सेवा ठप्प


काठमाडौं । हडताल गर्न नपाउने स्वास्थ्य सेवा आज देशभर ठप्प गरिएको छ । राष्ट्रपतिको सवारीमा ट्रमा सेन्टरका अर्थोपेडिक डा. जनिथलाल सिंह कुटिएको विरोधमा चिकित्सकहरुले स्वास्थ्य सेवा अवरोध गर्दा आज देशभर स्वास्थ्य सेवा ठप्प भएको हो ।

नेपाल चिकित्सक संघ, धरान ब्रान्चको अगुवाइमा आज देशभर स्वास्थ्य सेवा ठप्प पारिएको छ । आकस्मिक सेवा भने अवरुद्ध नहुने संघले जनाएको छ ।

चिकित्सक संघ कै अगुवाइमा देशभर स्वास्थ्य सेवा अवरुद्ध हुँदा हजारौं बिरामीले सास्ती खेप्नु परेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा चिकित्सकले राजनीति गर्दा हजारौं बिरामी र सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

चिकित्सकको टाउकोमा प्रहरीले लाठी चार्ज गरेको थियो । चिकित्सकमाथि लाठी प्रहार गर्ने प्रहरीलाई निलम्बन गरेको छ । चिकित्सकहरुले कालोपट्टी बाधेर निःशुल्क स्वास्थ्य सेवा दिएर रचनात्मक विरोध गर्न सक्थे । तर, उनीहरूले एकदमै अलोकप्रीय कदम चालेका छन् । रचनात्मक विरोध गर्न सकिने अवस्था हुँदाहुँदै संघले हजारौं बिरामीले ‘सराप्ने’ गरी अत्यावश्यक सेवामा हड्ताल गरेको हो । आन्दोलनको स्वरूप परिवर्तन गरेर बिरामीलाई सेवा दिन संघको ध्यानाकर्षण हुन जरुरी छ ।

 

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com