गंगालाल अस्पतालमा स्वास्थ्य सेवा अवरुद्ध भएन


काठमाडौं । बाँसवारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ ।

नेपाल चिकित्सक संघको अगुवाइमा देशभरका स्वास्थ्य संस्थामा आकस्मित सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प भएको छ । तर, गंगालाल अस्पतालमा सम्पूर्ण सेवा खुला रहेको छ ।

अस्पताल प्रशासनका अनुसार केन्द्रले कुनै स्वास्थ्य सेवा अवरुद्ध गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह अनुसार गंगालाल नियमित स्वास्थ्य सेवा सुचारू गरेको हो । ओपीडीलगायतका सबै किसिमको सेवा गंगालालमा सुचारु भएको छ ।

यता नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच अस्पतालको सेवा सञ्चालन गर्ने विषयमा सहमति जुटेको छ । केहीबेरमा सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको वार्तामा संलग्न डा. लोचन कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com