स्वास्थ्य सेवा अवरुद्ध गर्ने सम्पूर्ण कार्यक्रम स्थगित


काठमाडौं । नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा अवरुद्ध गर्ने सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।

नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएपछि सबै स्वास्थ्यकर्मीहरु काममा फर्किने भएका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेपछि स्वास्थ्य सेवा सुचारु हुने भएको हो ।

सहमतिमा नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगीत गरी आ-आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने उल्लेख छ । उक्त सहमति सँगसँगै देशभरका स्वास्थ्य संस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सुचारु भएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com