६ घण्टापछि खुल्यो अवरुद्ध स्वास्थ्य सेवा


काठमाडौं । ६ घण्टादेखि अवरुद्ध अत्यावश्क स्वास्थ्य सेवा खुलेको छ । नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच ६ बुँदे सहमति भएपछि ६ घण्टा अवरुद्ध स्वास्थ्य सेवा खुलेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले लाठी चार्ज गरेपछि त्यसको विरोधमा आज देशभरका स्वास्थ्य सेवा ठप्प पारिएको थियो । ६ घण्टादेखि ठप्प रहेका आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा सहमतिपछि अहिले सुचारू भएका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेबीच सहमतिपत्रमा हस्ताक्षर भएपछि देशभरका स्वास्थ्य सेवा सञ्चालनमा आएका छन् ।

चिकित्सकहरुले हडताल गर्दै सेवा ठप्प पारेपछि हजारौं बिरामीले सास्ती बेहोर्नु परेको थियो । ठाउँ-ठाउँमा बिरामीका आफन्तले बिरोध समेत जनाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चिकित्सकहरुको आन्दोलन सम्बोधन गर्न निर्देशन दिएका थिए । डा. लोचन कार्कीको नेतृत्वमा गएको वार्ता टोलीले सहमतिको खाका तयार पारेको हो ।

उक्त सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेपछि देशभर अवरुद्ध स्वास्थ्य सेवा एकसाथ सञ्चालनमा आएका छन् । बिहान ८ बजेदेखि सुरु भएको वार्ता ४ घण्टापछि सहमतिमा टुंगिएको हो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com