चितवन दुईमा रविसँग भिड्ने उमेशको चाहना


काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने मिति घोषणा गरेको छ । उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट पद खारेज भएपछि उपनिर्वाचन हुने भएको हो ।

आफूलाई स्वत निर्वाचित गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा निवेदन लिएर पुगेका पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ उपनिर्वाचन लड्ने मनस्थितिमा रहेका छन् । यसका लागि उनले छलफल समेत थालिसकेका छन् ।

चितवन-२ मा हुन हुन लागेको उपनिर्वाचानमा राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई उठाउने भएको छ । रविले आम निर्वाचन ३४२८१ भोट बढी ल्याएर निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । उनले ४९२६४ भोट प्राप्त गर्द उमेश श्रेष्ठले १४९८३ मत मात्र ल्याएका थिए । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाएर तेस्रो स्थान सुरक्षित गरेका थिए ।

रविसँग भारी मतान्तरले पराजित उमेश उपनिर्वाचनमा फेरि भिड्ने तयारीमा जुटेका छन् । उनी टिकट पाउनेमा ढुक्क देखिन्छन् । तर, नेपाली कांग्रेसले उपनिर्वाचनमा उक्त क्षेत्रमा कसलाई उठाउँछ भन्ने कुराको टुंगो लागेको छैन । त्यसो त राहादानी दुरुपयोगको विषयमा रविविरुद्ध पनि उजुरी परेकाले उनी उपनिर्वाचनमा उठ्न पाउने-नपाउने निश्चित भइसकेको छैन ।

आम निर्वाचनमा तेस्रो स्थानमा रहेका  एमालेका कृष्णभक्त पोखरेल पनि उपनिर्वाचनमा लड्ने मनस्थितिमा रहेका छन् । तर, एमालेले आफ्नै उम्मेदवार उठाउँछ की रविलाई सहयोग गर्छ जलिसकेको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : #चितवन उपनिर्वाचन, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com