सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट नेपालको अध्यक्षमा डा अमिरबाबु


काठमाडौं । सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट नेपालको अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित भएका छन् । परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलिका पुर्व अस्पताल निर्देशक समेत रहेका डा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

सोसाइटीको शनिबार भएको निर्वाचनमा डा श्रेष्ठ, सोसइटीको प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा बासुदेव पराजुली, सहसचिवमा डा सन्दिप भण्डारी, कोषाध्यक्षमा डा पुजा थापा र सहकोषाध्यक्षमा डा निनादिनी श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा तारा गुरुङ, डा अमित शर्मा भट्टराई, डा सुरज लामिछाने, डा रुपेश कुमार गामी र डा प्रकृती पोखरेल निर्वाचित भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com