बालबालिकामा विभिन्न मुटु सम्बन्धी रोगको जोखिम बढ्दो


काठमाडौं ‌। पछिल्लो समय बालबालिकामा विभिन्न मुटुसम्बन्धी रोगको जोखिम बढ्दै गएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको विद्यालयमा गरिएको एक अध्यनमा १ सय ५५ जना बालबालिकामा विभिन्न मुटु सम्बन्धी रोग देखिएको छ ।

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले १३ हजार १ जना बालबालिकामा गरेको अध्ययनमा ९ जनामा बाथ मुटुरोग र १ सय ४६ जनामा जन्मजात मुटुको रोग देखिएको हो ।

५ देखि १५ वर्षका १९ सरकारी विद्यालयका ३ हजार ८ सय २० र निजी विद्यालयका ९ हजार १ सय ८० जनामा बालबालिकामा स्क्रिनिङ गरिएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए ।

उनले भने,’ रोग पत्ता लागेका एक जनाको शल्यक्रिया गर्नु परेको थियो । १५ वर्षसम्मका बालबालिकाको मुटुको उपचार सरकारले निःशुल्क गरेको छ ।’

बुढानिलण्ठ पछि मुगु र धादिङ्गको धुनिवेसी गाविसमा अध्ययन गर्ने तयारी रहेको डा. अधिकारीले बताए ।

जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा केन्द्रले आयोजना गरेको कार्यक्रममा उक्त रिपोर्ट सार्वजनिक गरिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com