स्वास्थ्यमा सही व्यक्तिबाट सरुवाको सुरुवात, प्रवक्ता वीरमा, अर्याल समन्वयमा


काठमाडौं । जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री पदम गिरीले सरुवाको पहिलो निर्णय सही निसानामा लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कसैले नरुचाएका डा. सञ्जय ठाकुरबाट सरुवाको खाता खोलेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीबाट ठाकुरलाई हटाएको छ । स्वास्थ्य लाइभले ठाकुरको कार्यशैलीप्रति पटक पटक आवाज उठाउँदै आएको थियो ।

मन्त्रालयका प्रवक्ता समेत रहेका ठाकुरलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल पठाएको छ । ठाकुरको स्थानमा यसोधा अर्याललाई ल्याइएको छ । सार्क टिबी सेन्टरमा कार्यारत अर्याल स्वास्थ्यमा अब्बल कर्मचारीका रुपमा परिचित छन् ।

अन्तर्राष्ट्रिय समन्वय महाशाखा सञ्चालन गर्न सक्ने योग्य कर्मचारीको सूचिमा अर्याल पहिलो नम्बरमा पर्छिन् । मन्त्री गिरीलाई यो सल्लाह स्वास्थ्य तथा जनसङ्ख्यामा परिवर्तन गर्न चाहनेहरूले दिएको देखिन्छ । तर, यदी भन्दै गर्दा केही सरुवामा मत बाझिएको छ ।

मन्त्रालयको आन्तरीक प्रसाशन शाखाका उप सचिव बाबुराम घिमिरेलाई समन्वय महाशाखामा लगिएको छ । आन्तरिक समन्वयमा कार्यारत उप सचिव दिपक थापालाई आन्तरिक प्रशासन शाखामा ल्याइएको छ ।

घिमिरे राम्रो काम गर्ने कर्मचारी भित्र पर्छन् । उनलाई एमाले नेता योगेश भट्टराईको दवावमा हटाएर योगेश निकट थापालाई आन्तरिक प्रशासन लगिएको हो ।

यदी मन्त्रीले राम्रो काम गर्ने उदेश्यले सरुवा गरेको भए घिमिरेको विषयमा सोच्न जरुरी भएको उनको सचिवालयका कतिपय कर्मचारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com