नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको निधन


काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिइन् ।

उनका अनुसार आज बिहान १०:५७ मा भण्डारीको मृत्यु भएको हो ।

बुद्धनगरस्थित निवासमा बुधवार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी गम्भीर घाइते भएका थिए ।

सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com