सांसद भण्डारीको उपचार हुने बम्बईको नेशनल बर्न अस्पतालमा कस्ताे छ ?


काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगिएको छ ।

अनुहार, दुबै हात र दुबै गोडाहरूमा गरी २५ देखि ३० प्रतिशत भाग जलेको भण्डारीलाई केहीबेर अघि श्री एयरलाईन्सको जहाजमार्फत् बम्बईतर्फ लगिएको हो ।

उनीसँग जाने ६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् ।

 

भण्डारीको अवस्था गम्भीर रहेकाले उनलाई कृत्रिम श्वासप्रश्वासको माध्यमबाट बम्बईतर्फ लगिएको हो ।

भण्डारीलाई लगिएको बम्बईको नेशनल बर्न्स सेन्टर सन् १९८५ मा स्थापित अस्पताल हो । जहाँ विभिन्न किसिमका जलनसम्बन्धी समस्याको उपचार गरिन्छ ।

जम्मा ५० शय्याको अस्पताल रहेको सेन्टरमा इन्टेन्सिभ बर्न केयर युनिट, डायलासिस विभाग, स्किन बैँक, लेजर, शल्यक्रिया लगायतका सेवाहरू प्रदान गरिन्छ ।

सेन्टर स्थापनाको मुख्य उदेश्य जलनसम्बन्धी सम्पूर्ण समस्याको निदान रहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com