देशले चार पटक संविधान पायाे, राजनीतिले काेल्टे फेर्याे तर, लागुऔषधकाे मुद्दा जहाँकाे त्यहीँ


चितवन । लागुऔषध उपचार र पुनर्स्थापनामा कार्यारत सस्थाहरुकाे राष्ट्रिय भेला चितवनमा सकिएकाे छ । जारी भेलाले १५ जनाकाे  नयाँ कार्यसमिति चयन गरेकाे छ । ४ र ५ गते भएको भेलाले सर्वसम्मतमा कार्यसमिति चयन गरेकाे हाे

समितिकाे अध्यक्षमा दिलिप गुरुङ , उपाध्यक्षमा दिपक चापागाई, उपाध्यक्षमा ध्रुव केसी, उपाध्यक्षमा ललित भट्टराई, महासचिवमा उज्जवल कर्मचाय, काेषाध्यक्षमा रिठ्ठी प्रताव जवरा, सचिवमा रवी कृष्ण श्रेष्ठ, सचिवमा सागर भाषा कार्की, सदस्यहरूमा कर्मा सोनम शेर्पा, विनय लाभा, केशवपुन मगर, नवराज पाण्डे, सम्पूर्ण तामकार, संक्षिप्त शाक्य छन् ।

त्यस्तै विषयगत सञ्जालमा रणविर सिंह, यमकल राई, आस्मान थापा,  सञ्जाल प्रयाेगकर्तामा राजेश दिहिदा टिबि नेटवर्क र सुशील रिजाल पुनर्थापना केन्द्रबाट रहेका छन् । त्यस्तै आमन्त्रित तथा वैकल्पिकमा भक्ति सिटाैंला,  सौफा डि.सी. र राजकुमार तामाङ छन् ।

भेलामा देशभरबाट १५० बढिकाे सहभागीता थियाे । रिकभरिङ नेपालका सिइओ विष्णु शर्माका अनुसार लागुऔषध प्रयाेगकर्ता पहिलाका अनुपातमा अहिले केही घटेकाे छ । तर पनि नेपाल सरकारको तथ्यांकले ५ प्रतिशत बढी प्रयाेगकर्ता रहेकाे देखाएको छ ।

रिकभरिङ नेपालका सिइओ शर्मा भन्छन्, ‘देश व्यापीरुपमा रहेका विभिन्न सङ्घसंस्थाहरूले अहाेरात्र खटेर  लागुऔषध प्रयाेगकर्ताकाे निरन्तर उपचार, सचेतना कार्यक्रम गर्दै आएका छन् उनिहरुलाई धन्यवाद दिनै पर्छ । जसले जाेखिम कम गराउँन भुमिका खेलेका छन्  ।  बिडम्बना भन्नुपर्छ देशमा चार वटा संविधान आयाे, राजनीतिले काेल्टे फेर्याे तर, लागू औषधकाे मुद्दा जहाकाे त्यहीँ छ’,।

लागु षध नियन्त्रण ऐन २०३३ लाई मस्यौदाकाे रुपमा विगत ४ वर्षदेखि अगाडि बढाउन सरकारलाई घचघच्याई रहेका छाैं तर, उपलब्धी भएकाे छैन ।

‘लागूऔषध प्रयाेग गर्नुलाई कानुनले अपराधी, मानसिक वा सामाजिक अनैतिकता जे भनेपनि कुनै व्यक्तिकाे एउटा समयमा आईपर्ने समस्या हाे । नबुझेर केही समय फस्न सक्छन् तर, त्यसबाट बाहिर निस्केर सम्मानजनक जीवन जिउन सक्छन्,’ शर्माले भने ।

यसकाे उदाहरण रिकभरिङ नेपाल छ । आफ्नाे १७ वर्षकाे दाैरानमा रिकभरिङ नेपालले हजारौं युवा युवतीलाई कुलतकाे दलदलबाट बाहिर निकालेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com