अनेरास्ववियुको सचिवमा डा. कडरिया निर्वाचित


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थ  संगठन अनेरास्ववियुको केन्द्रीय सचिवमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।अनेरास्ववियुको २३ औं महाधिबेशनबाट डा. कडरिया सचिवमा निर्वाचित भएका हुन् ।

फागुन २ देखि ४ सम्म काठमाडौंमा भएको अनेरास्ववियुको २३ औं महाधिबेशनबाट नेशनल मेडिकल स्टुडेन्ट एसोसिएसन सेन्ट्रल कमिटीका अध्यक्ष समेत रहेका डा. कडरिया सचिवमा विजयी भएका छन् ।

अनेरास्ववियुको २३ औं महाधिबेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।  महासचिवमा भने नरेश रोकायाले बाजी मारेका हुन् ।

सचिवमा डा. कडरियासहित सञ्जीव धिताल, प्रकाश पौडेल, दिपेश प्रसाई, अन्जन शिवाकोटी, विनिता काफ्ले र आरती भट्टराई निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुन सफल भएका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com