बम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको जलेको हातले काम गर्न थाल्यो


काठमाडौं । भारतको बम्बईमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

बम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको पछिल्लो समय काउन्सिलिङ्गको काम भइरहेको छ ।

भण्डारीसँगै गएका माधव न्यौपानेका अनुसार डाक्टरबाट काउन्सिलिङ्को काम सकिएको छ । हाल उनको कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ।

भोलिबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने भण्डारीको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

न्यौपानेले भने, ‘हातको जलेको भागले पनि काम गर्न थालेको छ। अप्रेशन पछिको पहिलो ड्रेसिङ्गमा हुनुहुन्छ। सुन्निएको भाग घट्दै गएको छ।अवस्था सामान्य बन्दै गएको छ।’

यसअघि शुक्रवार भण्डारीको सफल शल्यक्रिया गरिएको थियो ।

बुधवार ग्यास पड्किएर घाइते भएका भण्डारीको काठमाडौंमा उपचार हुन नसकेपछि बिहीवार भारतको बम्बई लगिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com