मेडिकल व्यवसायी दुर्गा प्रसाईँले किन छाडे एमाले ?


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एमाले छाडेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यलाई सहभागी गराएर महाअभियान थालेका एमाले केन्द्रीय समेत रहेका प्रसाईँले एमाले परित्याग गरेका हुन् ।

पूर्व राजालाई सहभागी गराएर कार्यक्रम गरेपछि नेकपा एमाले पार्टीको तल्लो कमिटीले उनीमाथि कारबाहीको सिफारिस गरेको थियो । तर,  एमालेले कुनै कारवाही नगरिकन प्रसाईले आफैं एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा बुझाएर औपचारिक रूपमा एमाले परित्याग गर्ने भएका हुन् ।

प्रसाईले पूर्वराजपरिवारको उपस्थितिमा कार्यक्रम गरेपछि एमालेका पूर्व नेता समेत रहेका सभामुख देवराज घिमिरेले असन्तुष्टि समेत जनाएका थिए । एमाले नेता राजन भट्टराईले दुर्गा प्रसाईले एमाले छाडिसकेको हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।  प्रसाईलाई लिएर एमालेभित्र विवाद चलिरहँदा उनले आफैं मार्ग प्रशस्त गरेका हुन् ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com