काँग्रेस नेता भण्डारीलाई भेन्टिलेटर सपोर्टबाट हटाइयो


काठमाडौं । भारतको बम्बईमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई भेन्टिलेटर सपोर्टबाट हटाइएको छ ।

आगलागीमा घाइते भएका भण्डारीको गत बिहीवारदेखि बम्बईस्थित नेशनल बर्न्स सेन्टरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

हाललाई ट्रायलको रुपमा भेन्टिलेटर हटाईएको नेपाली काँग्रेस‌‌का नेता योगराज कँडेलले बताए ।

उनका अनुसार भण्डारीलाई ज्वरो आएको छैन । सबै स्वास्थ्य पारामिटर सामान्य रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य अवस्था पनि सामान्य तर्फ गईरहेको छ ।

यसअघि आइतवार भण्डारीको काउन्सिलिङ्गको काम सकिएको थियो भने शुक्रवार उनको शल्यक्रिया गरिएको थियो ।

गत बुधवार ग्यास पड्किएर घाइते भएका भण्डारीको काठमाडौंमा उपचार हुन नसकेपछि भारतको बम्बई लगिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com