स्वास्थ्यका मदनको उद्योगको डिजीमा चर्चा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन भुजेलको नाम उद्योग विभागको महानिर्देशक (डिजी)मा चर्चा भएको छ ।

२०७८ पुसमा स्वास्थ्य मन्त्रालय छिरेका भुजेल उद्योग विभागको डिजी हुने गरी उद्योगमा छिर्ने दाउमा लागेको पाइएको हो । उद्योग विभागको डिजी बन्न उनले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलमार्फत लबिइङ गरिरहेका छन् ।

उद्योगमन्त्रीमा एमालेका दामोदर भण्डारी रहेकाले स्वास्थ्यका सहसचिव भुजेलले एमाले अध्यक्ष र महासचिवमार्फत उद्योगको डिजी हुने लबिइङमा लागेको बुझिएको छ । उनी अहिले स्वास्थ्यको प्रशासन महाशाखा प्रमुखको भूमिकामा छन् ।

सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतका अनुसार एमालेका शीर्ष नेतामार्फत भुजेलले उद्योगमा जान लबिइङ गरिरहेका छन् । रुपन्देही र झापाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका उनको ओली र पोखरेलसँग राम्रो सम्बन्ध रहेको छ । यहीँ सम्बन्धनलाई भजाएर सहसचिव भुजेलले उद्योग विभागको डिजी बन्न खोजेका छन् ।  उद्योग विभागको डिजीका लागि उनले निकै दबाब बढाएको पाइन्छ ।

त्यसो त उद्योगको डिजी बन्न कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई पनि लागेका छन् । केपी ओली प्रधानमन्त्री हुँदा भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएका उनी ओली र महेश बस्नेत प्रयोग गरेर उद्योगको डिजी बन्न लागिपरेको पाइएको छ ।

उद्योग विभागका डिजी रामचन्द्र तिवारीलाई फ्यालेर भुजेल र भट्टराई डिजी बन्ने दौडमा लागेका छन् । महत्त्वपूर्ण मानिएको उद्योग विभागको डिजीमा कसले बाजी मार्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल, #उद्योग विभाग डिजी, #प्रेम भट्टराई, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com