कांग्रेस महामन्त्री बनेपछि मन्त्री बन्न अनइच्छा गर्ने पूर्व स्वास्थ्यमन्त्री थापा र खड्का


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री बनेपछि पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको मन्त्री बन्न अनइच्छा देखाएका छन् । उनले सार्वजनिक रूपमै आफू मन्त्री नबन्ने प्रधानमन्त्री बन्ने भन्न थालेका छन् ।

‘अहिले म पार्टीको महामन्त्री छु मन्त्री किन बन्नु र ! अब प्रधानमन्त्री बन्न लाग्ने हो’, थापाले सार्वजनिक रुपमा भनेका छन् ।

कांग्रेस महामन्त्री बनेपछि पूर्णबहादुर खड्काले पनि आफू अब मन्त्री नखाने घोषणा गरेका थिए । अहिले कांग्रेस उपसभापति रहेका खड्काले उपप्रधानमन्त्रीसहित कांग्रेसको नेतृत्व गरेर सरकारमा जान अनइच्छा प्रकट गरेका छन् । सरकारमा नजाने घोषणा उनले गरिसकेका छन् । खड्काको ध्यान पार्टी सभापति र प्रधानमन्त्रीमा देखिन्छ ।

यता पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइराला मन्त्री खान लागिपरेका छन् । उपप्रधानमन्त्रीसहित कांग्रेसको तर्फबाट नेतृत्व गरेर सरकारमा जान सिंह र कोइराला दौडधुपमा लागेका हुन् ।

मन्त्री नखानेमा थापा र खड्का एकातिर छन् भने सिंह र कोइराला अर्कातिर देखिन्छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #डा. शशांक कोइराला, #पूर्ण बहादुर खड्का, #प्रकाशमान सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com