काठमाडौं महानगरको स्वास्थ्य विभाग प्रमुखमा पौडेल


काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी राम प्रसाद पौडेलले पाएका छन् । उनलाई स्वास्थ्य क्षेत्रमा सुधारका लागि जिम्मेवारी दिइएको हो।

काठमाडौं महानगरपालिकाका राजस्व, सामाजिक जस्ता विभिन्न विभागको प्रमुख भएर काम गरिसकेका पौडेल स्वास्थ्य विभागको प्रमुख बनेका हुन् । काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र खोल्न लागिरहेका बेला उनलाई प्रमुखको जिम्मेवारी दिइएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ घट्टेकुलो निवासी पौडेल वडा सचिवको भूमिकामा रहेर समेत काम गरिसकेका छन् । उनले स्वास्थ्य क्षेत्रमा विशेष योगदान दिने विश्वास व्यक्त गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, #स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com