डा. शेखर कोइराला सरकारमा जान अनइच्छुक


काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सरकारमा जान अनइच्छुक देखिएका छन् । उनले पार्टी सभापति सभापति शेरबहादुर देउवालाई उपप्रधानमन्त्री पाएपनि सरकारमा नजाने सन्देश पठाएका हुन् ।

भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिएलगत्तै सरकारमा जाने कांग्रेसको तयारी छ । देउवा र दाहाल दुबैजना पूर्ण बहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन् । तर, खड्काले आफू पार्टी सभापतिमा लड्ने तयारीमा रहेकाले सरकारमा जान नरूचाएका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा पनि सरकारमा जाने पक्षमा छन् । उनले प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउने पक्षमा छन् । तर, शेखर कोइराला भने आफू सरकारमा नगएर डीग बहादुर लिम्बुलाई स्वास्थ्य वा श्रम मन्त्री बनाउने तयारीमा छन् ।

देउवाले प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसलाई पठाउन खोजेका छन् । प्रकाशमान भने गृह, भौतिक, सहरी विकास र स्वास्थ्यबाहेक अन्य मन्त्रालय लिएर सरकारमा जाने पक्षमा छैनन् ।

विमलेन्द्र निधि भने उपप्रधानमन्त्रीसहित जुनसुकै मन्त्रालयको जिम्मेवारी पाएपनि सरकारमा जाने दौडधुपमा लागेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. शेखर कोइराला, #पूर्ण बहादुर खड्का, #प्रकाशमान सिंह, #प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com