हार-जीतभन्दा माथि उठेर विद्यार्थीको मुद्दा समाधान गर्न एक जुट हुनुपर्नेमा सभापति सिंहको जोड


काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसका नवनिर्वाचित सभापति आनन्द सिंहले हार-जीतभन्दा माथि उठेर विद्यार्थीको सामुहिक मुद्दा समाधान गर्न एक जुट हुनुपर्नेमा जोड दिएका छन् ।  महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएपछि उनले उक्त कुरामा जोड दिएका हुन् ।

सभापति सिंहले आफ्नो प्यानललाई अमूल्य मत दिएर विजयी गराउनेप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको साझा मुद्दामा एक ठाउँमा उभिनु पर्ने धारणा राखेका हुन् ।

 ‘हामीले चुनावलाई केवल हार र जीतमा निहित राख्नु हुन्न । यो स्वाभाविक नै हो, चुनावमा एउटा प्यानल पहिलो हुन्छ भने अर्को प्यानल दोस्रो हुन्छ’, उनले लेखेका छन्, ‘चुनावलाई हार-जीतभन्दा माथि उठेर विद्यार्थीहरुका सामुहिक मुद्दाहरुलाई समाधान गर्ने विषय नै दुइटै पक्षको परम लक्ष्य हुनु पर्छ।’,

एउटा प्रगतिशील र परिवर्तनकारी कार्यको लागि संयुक्त प्रयासको आवश्यकता हुने सभापति सिंहको भनाइ छ । आउँदा दिनहरुमा सबै संगठनको साथ र सहयोगको अपेक्षा राख्दै मैत्रीपुर्ण वातावरण सिर्जना गरी अघि बढ्न समेत उनले आह्वान गरेका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापति आनन्द सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com