२ भोटले पराजित चिकित्सा क्याम्पसकी महिला उम्मेदवार अविशिखा


काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापति महिला उम्मेदवार अविशिखा न्यौपाने २ भोटले पराजित हुन पुगेकी छिन् । नेपाल विद्यार्थी संघबाट स्ववियु सभापतिको उम्मेदवार बनेकी अविशिखा अनेरास्ववियुका आनन्द कुमार सिंहसँग २ मतले पराजित भएकी हुन् ।

नेविसंघबाट स्ववियु सभापति उम्मेदवार बनेकी अविशिखाले ५८४ मत प्राप्त गर्दा अनेरास्ववियुका सिंहले ५८६ मत ल्याएर विजय हासिल गरेका हुन् । सिंह अनेरास्ववियु र ‘यूथ फर ईक्वालिटी’का  साझा उम्मेदवार हुन् । अविशिखा ले साझा उम्मेदवार सिंहलाई महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापति कडा टक्कर दिएको देखिन्छ ।

महाराजगञ्ज चिकित्सा क्याम्पसको पहिलो महिला स्ववियु सभापति बन्ने सपना बुनेकी अविशिखा जम्मा दुई मतले लक्ष्य भेट्न असफल भइन् । उनले स्ववियु चुनावमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहभागी भइ चुनाव सप्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नु भएका सम्पूर्ण विद्यार्थीहरु, क्याम्पस प्रशासन, प्रहरी प्रशासन एवं अन्य सरोकारवाला निकायहरुलाई धन्यवाद समेत दिएकी छिन् । अविशिखाले स्ववियु चुनावमा विजय हासील गरेका  सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै असल संस्कारको निरन्तरता दिएकी छिन् ।

दुई मत कम आउँदा अविशिखाको स्ववियु सभापति बन्ने सपना पूरा हुन सकेन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #अनेरास्ववियु, #अविशिखा न्यौपाने, #नेविसंघ, #महाराजगञ्ज चिकित्सा क्याम्पसको स्ववियु सभापति आनन्द सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com