राष्ट्रपति पौडेलद्वारा शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण


काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका छन् । त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेका अनुसार राष्ट्रपति पौडेलले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको हुन् ।

राष्ट्रपति पौडेलले आँखालगायत विभिन्न परीक्षण गराएका छन् । डा. निरज बमसहितको चिकित्सकको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको हो ।

शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा गएर राष्ट्रपति पौडेलले प्रा. डा. सगुन जोशीसँग आँखा समेत परीक्षण गराएका छन् । विशिष्ट व्यक्ति सरकारी स्वास्थ्य संस्थामा गएर उपचार गर्नु सह्रानीय काम हो । यसले सरकारी स्वास्थ्य संस्थामाथि भरोसा बढ्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #त्रि वि. शिक्षण अस्पताल, #राष्ट्रपति रामचन्द्र पौडेल, #स्वास्थ्य परीक्षण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com