लाइसेन्स परीक्षामा फेल हुने डाक्टरभन्दा इन्जिनियर बढी


काठमाडौं । पेशामा जानुभन्दा पहिला लिइने अनुमति (लाइसेन्स) परीक्षमा फेल हुनेमा डाक्टरभन्दा इन्जिनियर बढी देखिएका छन् ।  लाइसेन्स परीक्षामा फेल हुनेमा डाक्टरभन्दा इन्जिनियर झन्डै साढे १४ प्रतिशतले बढी देखिएका हुन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लिइएको लाइसेन्स परीक्षामा जम्मा २८.२ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले व्यवसायी दर्ता हुनको लागि यो वर्ष लिइएको लाइसेन्स परीक्षामा भने ४२.३२ प्रतिशत उत्तीर्ण भएका थिए । यो संख्या डाक्टरकोभन्दा झन्डै साढे १४ प्रतिशतले कम हो ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार व्यवसायी दर्ता हुनका लागि लिइएको लाइसेन्स परीक्षामा ४२.३२ प्रतिशत उत्तीर्ण भएका छन् । २०३९ जना सहभागी भएको लाइसेन्स परीक्षामा ८६३ (४२.३२%) जना उत्तीर्ण भएका हुन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियर व्यवसायी दर्ता हुनका लागि पहिलोपटक लिएको लाइसेन्स परीक्षामा भने २८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीका अनुसार इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लिइएको लाइसेन्स परीक्षामा २८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी भएका १९८१ जना विद्यार्थीहरूमध्ये ५६५ जना परीक्षार्थीहरुमात्रै लाइसेन्स परीक्षा पास गरेको शाहीले जानकारी दिए ।

इन्जिनियरसम्बन्धी २० विधामा लिएको परीक्षामा न्यून संख्यामा उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

डाक्टरको लाइसेन्स परीक्षामा साढे ५८ प्रतिशत फेल हुँदा इन्जिनियरको लाइसेन्स परीक्षामा झन्डै ७२ प्रतिशत फेल भएको देखिन्छ । यसले इन्जिनियरभन्दा डाक्टरहरू अलि तगडा रहेको भान हुन्छ । इन्जिनियरहरूले लाइसेन्स परीक्षामा डाक्टरहरूलाई ‘च्यालेन्ज’ दिन सकेको देखिँदैन । पहिला लाइसेन्स परीक्षा नहुँदा सबै इन्जिनियर बजारमा आउने गरेका थिए । अब भने फेल भएका इन्जिनियरहरू पेशामा इन्जिनियरका रुपमा पेशामा संलग्न हुन पाउने छैनन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. कृष्ण अधिकारी मेडिकल काउन्सिल रजिष्ट्रार, #डाक्टर-इन्जिनियर, #नेपाल इन्जिनियरिङ काउन्सिल, #नेपाल मेडिकल काउन्सिल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com