पूर्व स्वास्थ्य राज्यमन्त्री उमेशलाई रोक्दै जीतनारायण टिकटको नजिक


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठलाई रोक्दै जीतनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनमा कांग्रेसबाट टिकट पाउने सम्भावना बढेको छ ।

उमेशलाई रोकेर जीननारायणले चितवन-२ बाट टिकट पाउने निश्चित जस्तै भएको कांग्रेसका एक पदाधिकारीले स्वास्थ्य लाइभलाई बताए । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतले पराजित उमेश उपनिर्वाचनमा पनि टिकट लिने दौडधुपमा थिए । उनलाई रोक्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र जीतनारायण लागिपरेका थिए । उक्त मिसनमा राजेश्वर र जीतनारायण सफलताउन्मुख देखिन्छन् ।

चितवन कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउनका उमेश, जीन नारायण, राजेश्वरसहित ११ जनाको नाम सिफारिस गरेको थियो । ११ जनामध्ये जीतनारायणले बाजी मार्ने उच्च सम्भावना छ ।

उम्मेदवारका लागि सिफारिस भएका मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, देवेन्द्र गुरूङ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाममा भने खासै चर्चा नभएको कांग्रेस नेताहरू बताउँछन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##चितवन, #कांग्रेस, #जीतनारायण श्रेष्ठ, #पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com