उपनिर्वाचन चितवन-२

पूर्व स्वास्थ्य राज्यमन्त्री उमेशलाई रोकेर जीतनारायणले मारे बाजी


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठलाई रोक्दै जीतनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनमा कांग्रेसबाट टिकट पाएका छन् ।

४ महिना अगाडि सम्पन्न प्रतिनिधिसभाको निर्वाचन रवि लामिछानेसँग पराजित उमेशलाई रोकेर जीननारायणले चितवन-२ बाट टिकटका हुन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जीतनारायणलाई टिकट दिने निर्णय गरेको हो ।

मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतले पराजित उमेश उपनिर्वाचनमा पनि टिकट लिने दौडधुपमा थिए । उनलाई रोक्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र जीतनारायण लागिपरेका थिए । उक्त मिसनमा  जीतनारायण सफल भएका छन् ।

चितवन कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउनका उमेश, जीन नारायण, राजेश्वरसहित ११ जनाको नाम सिफारिस गरेको थियो । ११ जनामध्ये जीतनारायणले बाजी मारेका हुन् ।

उम्मेदवारका लागि सिफारिस भएका उमेश, राजेश्वर मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, देवेन्द्र गुरूङ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठलाई पछाडि पार्दै जीतनारायणले टिकटमा जितेका छन् । उनी कांग्रेस चितवनका पूर्व जिल्ला सभापति र केन्द्रीय सदस्य हुन् ।

कांग्रेसले तनहुँ १ बाट भने गोविन्द भट्टराईलाई उठाउने निर्णय गरेको छ । उक्त क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको हो । पौडेलका कारण रिक्त ठाउँमा भट्टराईले बाजी मारेका छन् । बारा-२ मा हुने उपनिर्वाचन कांग्रेसले जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गर्ने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #चितवन उपनिर्वाचन, #जीतनारायण श्रेष्ठ, #नेपाली कांग्रेस, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com