कांग्रेसबाट दुई मन्त्री थपिँदै, मोहन स्वास्थ्य की युवा ?


काठमाडौं । नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दुई जना मन्त्रीको नाम टुंगो लगाएको छ । उक्त बैठकमा सहभागी एक पदाधिकारीका अनुसार कांग्रेसले मोहनबहादुर बस्नेत र नारायणप्रसाद(एनपी) साउदलाई मन्त्री बनाएर पठाउने सहमति भएको छ ।

शेखर-गगन समूहले ३ मन्त्रालय दाबी गरिरहेको बेला कांग्रेसबाट एनपी र मोहनको नाम टुंगो लागेको हो । कांग्रेस नेताहरुका अनुसार एनपी परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । कांग्रेसको भागमा परेको परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र कानुन मन्त्रालयमध्ये एनपीले परराष्ट्र पाउने कुरा छ । मोहन बस्नेतको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय की युवा तथा खेलकुद मन्त्रालय पाउने भन्ने टुंगो नलागेको कांग्रेसका ती नेताले बताए । ‘मोहनजीको नाम पहिला स्वास्थ्यमा थियो अहिले खेलकुदमा पनि चलेको छ तर उहाँ मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।’, धुम्बाराहीको बैठकमा सहभागी ती नेताले सुनाए ।

शेखर-गगन समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बूको नाम मन्त्रीमा निश्चित जस्तै छ । उक्त समूहलाई स्वास्थ्यमा राज्यमन्त्री समेत दिने कुरा रहेकाले मोहनको मन्त्रालय टुंगो नलागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै एक कार्यक्रममा सरकारले दुई दिनभित्रै पूर्णता पाउने बताएका थिए । कांग्रेसको निर्णयले त्यसलाई थप पुष्टि गरेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #मोहन बस्नेत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com