स्वास्थ्यमन्त्री बन्न खोजेका डा. ढाकाकुमारको सांसद पद खोसियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद खोसिएको छ । स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि उनको सांसद पद खोसिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका अनुसार अनुशासन समितिको सिफारिस बमोजिम डा. ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय समितिको निर्णयले डा. ढाकाकुमारको साधारण सदस्यता समेत खारेज भएको हो । उनको सांसद पद समेत खोसेर सभामुखलाई जानकारी गराउने निर्णय भएको सभापति लामिछानेले जानकारी दिए ।

डा. ढाकाकुमारको ठाउँमा बिन्दवासिनी कंसाकारलाई सांसदमा निर्वाचित गराउन निर्वाचन आयोगमा पठाउने निर्णय भएको सभापति लामिछानेले बताए । घूस मागेको अडियो प्रकरणको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सहयोग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. ढाकाकुमार श्रेष्ठ, #राष्ट्रिय स्वतन्त्र पार्टी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com