आज पनि सिंहदरबारको फोहोर उठेन, सिंहदरबार अरू पालिकामा सार्न सुझाव


काठमाडौं । सिंहदरबारको फोहोर आज पनि उठेन । सिंहदरबारको फोहोर नउठ्दा त्यहाँभित्रबाटै डेंगुलगायतका सरुवा रोगको महामारी फैलिने खतरा बढेको छ ।

काठमाडौं महानगरपालिका र संघीय सरकारीबीच विवाद हुँदा सिंहदरबारको फोहोर नउठेको हो । यसलाई संघीय सरकारले गम्भीरताका साथ लिएको बताउँदै आएको छ । संघीय मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई उक्त विषयमा सचेत गराउने निर्णय समेत गरेको छ । तर, मेयर बालेनले काठमाडौंको हितमा काम नगरे फोहोर नउठाउने सन्देश दिएका छन् । उनले सिंहदरबार अरु पालिकामा सार्न समेत सुझाव दिएका छन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्  ।हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’, बालेनले लेखेका छन् ।

बालेनको कदमले काठमाडौं महानगरपालिका र सिंहदरबारबीच थप सम्बन्ध चिसिने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #फोहोर व्यवस्थापन, #सिंहदरबार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com