नेपाली कांग्रेसका कारण संघ र प्रदेशमा स्वास्थ्यमन्त्री रित्तै


काठमाडौं । प्रतिनिधिसभा र बागमती प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेसका कारण संघ र प्रदेशमा स्वास्थ्यमन्त्री पाउन सकेको छैन ।

कोभिड-१९ (कोरोना)का कारण दिनप्रतिदिन मान्छे मर्दा पनि कांग्रेसका कारण संघ र बागमती प्रदेशमा स्वास्थ्यमन्त्री रिक्त हुन पुगेको हो । कांग्रेसको आन्तरिक खिचातानीले गर्दा देश स्वास्थ्य संकटउन्मुख हुँदा पनि स्वास्थ्यमन्त्री पाउन नसकेको हो ।

कांग्रेसले आजै परराष्ट्रमन्त्रीमा नारायणप्रसाद(एनपी) साउदलाई पठाउन लागेको छ । उनको आजै ३ बजे सपथ खुवाउने तयारी छ । तर, स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय कांग्रेस कै कारण नेतृत्वविहीन छ । कांग्रेसले स्वास्थ्यमन्त्रीमा पठाउने व्यक्तिको नाम नदिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ ।

संघमा मात्र होइन कांग्रेस कै कारण बागमती प्रदेशले पनि स्वास्थ्यमन्त्री पाउन सकेको छैन । कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा आर्थिक मामिला तथा योजनामन्त्रीमा बहादुर सिंह लामा र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्रीमा तीर्थबहादुर लामा मात्र गएका छन् । स्वास्थ्यसहितका ३ मन्त्रालय भने बागमतीमा पनि कांग्रेसले खाली नै राखेको छ । स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय खाली राख्दा पनि पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महामन्त्री गगनकुमार थापा चुपचाप छ ।

यदी मुलुकमा स्वास्थ्य संकट आइपर्‍यो भने जति दोष प्रधानमन्त्री दाहालले लिन्छन् त्योभन्दा बढी मन्त्री नपठाउने कांग्रेसले लिनुपर्ने विज्ञहरुको टिप्पणी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com