वात्सल्य नेचुरल आई.भी.एफ.को सेवा भक्तपुरमा पनि सुरु


काठमाडौं । वात्सल्य नेचुरल आई.भी.एफ.ले आफ्नो सेवा भक्तपुरमा पनि सुरु गरेको छ ।

आफ्नो सेवा विस्तार गर्दै वात्सल्यले भक्तपुर लगायत आसपासका क्षेत्रका सेवाग्राहीलाई ध्यानमा राखेर भक्तपुरको गट्ठाघरमा सेवा सुरु गरेको हो ।

वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले विभिन्न वर्गबाट सामाजिक सञ्जालमार्फत् निरन्तर रुपमा निःसन्तान दम्पतिका लागि सहुलियतको माग बढेपछि सेवा विस्तार गरिएको बताए ।

उनले सन्तान प्राप्त गर्न नसकेका तर, खर्च धेरै हुने सोचका कारण आधुनिक उपचारमा जान नचाहने दम्पतिका लागि यो अवसर आफ्नो प्रजनन् अवस्था बुझ्न र आई. यू. आई. मार्फत् सन्तान प्राप्त गर्न सहज हुने बताए ।

उनले भक्तपुरको गट्ठाघरको शाखाबाट सन्तान नहुने समस्या सम्बन्धी परामर्श, कारण पहिचानका लागि विभिन्न परीक्षण, आई.यू. आई., गर्भावास्था बेलाको जाँच र परामर्श लगायतका सेवा प्रदान गरिने पनि बताए ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com