नेपाल भारत मैत्री सङ्घ काभ्रेद्वारा वृहत रक्तदान कार्यक्रम


काठमाडौं । नेपाल भारत मैत्री सङ्घ काभ्रेले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
काभ्रेको मण्डन देउपुर  नगरपालिका सिपाघाट बजारमा आयोजना गरिएको कार्यक्रममा रक्तदान कार्यक्रमका कार्यालयको पनि उद्घाटन गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा ५४ जना रक्त दाताहरूले रक्त दान गरेको बताइएको छ ।

सङ्घका अध्यक्ष विश्वराम श्रेष्ठको अध्यक्षता र सङ्घका केन्द्रीय अध्यक्ष ओम प्रकाश सरावगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

मण्डन देउपुर नगरपालिकाका उप मेयर विष्णुमणी नेपाल, नेपाली काँग्रेसका नगर सभापति कश्यप पौडेल लगायतले नेपाल भारत मैत्री सम्बन्ध जनस्तरमा समेत व्यापक बनाउन काभे्र शाखालाई सफलताको लागि शुभकामना दिएका थिए ।

नेपाल भारत मैत्री सङ्घका केन्द्रीय अध्यक्ष ओम प्रकाश सरावगीले राजनैतिक रुपमा तटस्थ रही विधानको अक्षरशः पालना गर्दै विपदमा परेका, पिछडिएका वर्ग र जनजातीहरूको समग्र विकासमा कार्य गर्न सफलताको शुभकामना दिँदै केन्द्रबाट आवश्यक सहयोग हुने बताए ।

इन्द्रावती सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा सङ्घका आजीवन सदश्यहरूलाई सङ्घको सदस्यता प्रमाण पत्र, लोगो र परिचयपत्र तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र रक्त दाताहरूलाई सम्ममान पत्र प्रदान गरिएको थियो ।

क्याटेगोरी : स्वास्थ्य कर्पोरेट

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com