सांसदको स्वकीय सचिव बन्न १ सय १६ जना भिडे


काठमाडौं । स्वास्थ्य पत्रकार समेत रहेकी प्रतिनिधिसभाकी सांसद निशा डाँगीको स्वकीय सचिव (पिए) बन्न १ सय १६ जना भिडेको पाइएको छ । यसले देशमा बेरोजगारीको अवस्था कस्तो छ भन्ने देखाउँछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी पूूर्व स्वास्थ्य पत्रकार डाँगीले सार्वजनिक रुपमा ७ दिने सूचना प्रकाशित गरेर स्वकीय सचिव मागेकी थिइन् । त्यसका १ सय १६ जनाले इच्छा देखाएका हुन् । जसमा १९ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका थिए । अन्तर्वार्ताका माध्यमबाट राम्जा देउराली, पर्वतकी सुस्मिता क्षेत्री स्वकीय सचिवमा छनौट भएकी सांसद डाँगीले जनाएकी छिन् ।

‘स्वकीय सचिव पदका लागि सात दिनभित्र आवेदन दिनका लागि सूचना प्रकाशित गरिएकोमा उक्त समय अवधि भित्र ११६ जनाको आवेदन प्राप्त भएको थियो । प्रारम्भिक चरणमा छनौट भएका मध्ये १९ जनाले लिखित परीक्षा र अन्तरवार्तामा सहभागिता जनाउनुभएको थियो ।’, सांसद डाँगीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । सांसद डाँगीको स्वकीय सचिवमा त्यसमध्ये क्षेत्री छनौट भएकी हुन् ।

स्वकीय सचिव छनौटको वैकल्पित सूचीमा अपेक्षा सुवेदी र कविता आचार्य रहेका छन् । स्वास्थ्य पत्रकार हुँदै सांसद बनेकी डाँगीको यो कदमलाई धेरैले प्रशंसा गरेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी, #स्वकीय सचिव सुस्मिता क्षेत्री, #स्वास्थ्य पत्रकार एवं सांसद निशा डाँगी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com