कर्णालीको स्वास्थ्य हेर्ने मन्त्रालयको जिम्मेवारी पोखरेलले सम्हाले


काठमाडौं । कर्णाली प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयको जिम्मेवारी खड्गबहादुर पोखरेलले सम्हालेका छन् । सुर्खेत १ (१)बाट निर्वाचित पोखरेललाई प्रदेश प्रमुख तिलक परियारले समाजिक विकासमन्त्रीमा सपथ खुवाएका हुन् ।

सुर्खेत कांग्रेसका सभापति समेत रहेका खड्गबहादुर पोखरेललाई मुख्यन्त्री राजकुमार शर्मालेले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका थिए । कर्णाली प्रदेश कांग्रेस संसदीय दलको नेता जीवनबहादुर शाहीको सिफारिसमा मुख्यमन्त्री शर्माले पोखरेललाई सामाजिक विकास मन्त्री, खड्गबहादुर पोखरेल, वेदराज सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री र कृष्णबहादुर विसीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका ३ जना र माओवादी केन्द्रको १ जनासहित  ४ जना मन्त्रीलाई प्रदेश प्रमुख परियारले सपथ खुवाएका हुन् । माओवादीबाट उर्मिला विश्वकर्मा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेकी छिन् ।

हिजै हुनुपर्ने मन्त्री नियुक्ति र सपथ प्राविधिक कारणले रोकिएको थियो । नवनियुक्त मन्त्रीहरुले पदभार समेत ग्रहण गरिसकेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश सरकार, #सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com