डा. उप्रेतीले हडपेको थापागाउँको पर्ती जग्गामा अख्तियारको विस्तृत छानबिन


काठमाडौं । डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीले हडपेको बानेश्वर थापागाउँस्थित पर्ती जग्गामाथि विस्तृत छानबिन सुरू गरेको छ । स्वास्थ्य लाइभले डा. उप्रेतीले पर्ती जग्गा किर्ते गरेर दुषित दर्ता गराएको तथ्य सार्वजनिक गरेपछि अख्तियारले विस्तृत छानबिन सुरू गरेको हो ।

अख्तियार उच्च स्रोतका अनुसार डा. उप्रेती परिवारको नाममा पुगेको जग्गामा प्रारम्भिक अनुसन्धान सकिसकेको छ । उक्त जग्गामा निकै कैफियत फेला परेकाले विस्तृत छानबिनमा पठाइएको स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दिएको हो ।

तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को १ रोपनी बढी जग्गा पर्ती रहेको देखिन्छ । तर, डा. उप्रेती परिवारले दुषित दर्ता गरेर आफ्नो नाममा लगेको देखिन्छ ।

पाटनका कुल नरसिंह शाक्यले नून छरेर छाडेको पर्ती जग्गा डा. उप्रेती दाजुभाइले किर्ते गरेर दर्ता गराएको पाइन्छ । यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्न जरुरी छ ।

स्वास्थ्य लाइभले डा. उप्रेती परिवारको नाममा पुगेको जग्गाको विषयमा निरन्तर फलोअप गर्दै आएको छ । पाठशाला स्कुलले भाडामा लिएर उक्त जग्गामा घेराबारा लगाएको छ । बानेश्वर थापागाउँका स्थानीयहरू डा. उप्रेती परिवारले हडपेर पाठशाला स्कुललाई भाडामा लगाएको जग्गा जोगाउन स्वास्थ्य लाइभसँगै लागिपरेका छन् ।  सबैले पर्ती रुपमा प्रयोग गर्दै आएको बानेश्वर थापागाउँको उक्त जग्गा पाठशाला स्कुलको पार्किङमा परिणत भएपछि स्थानीयहरु जुर्मुराएका हुन् ।

डा. उप्रेती परिवारले हडपेको पर्ती जग्गा अख्तियारले चाँडै फिर्ता ल्याउने बानेश्वर थापागाउँका स्थानीयको अपेक्षा छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #डा. उप्रेती परिवार, #नयाँ बानेश्वर थापागाउँ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com