सरकारले वैशाख १५ र ३१ मा वृहत्त खोज र खोप अभियान सञ्चालन गर्दै


काठमाडौं । सरकारले वृहत्त खोप अभियान सञ्चाल गर्न लागेको छ ।

खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि सरकारले वृहत्त खोज र खोप अभियान सञ्चाल गर्न लागेको हो ।

वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा गई आ आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन पनि आग्रह गरेको छ । साथै छरछिमेकमा कसैले खोप लगाउन छुटेका छन् कि बुझेर समन्वय गर्न पनि मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बालबालिकाले खोप नलगाउँदा उनीहरू सुरक्षित नरहने भएकाले सबैलाई खोप अभियानमा सहभागी हुन आग्रह गरिएको बताए ।

नेपाल सरकारको खोप तालिका अनुसार जन्मिने बितिकै बि.सि.जी., ६ हप्तापछि रोटा, पोलियो, पि.सि.भी., डि.पि.टी., हेप.बी.हिब, १० हप्तामा रोटा, पोलियो, पि.सि.भी., डि.पि.टी., हेप.बी.हिब., १४ हप्तामा पोलियो, एफ.आई.पि.भी., डि.पि.टी., ९ महिनामा एफ.आई.भी., पि.सि.भी, दादुरा रुबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा रुबेला र टाइफाइडको खोप लगाउने गरिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com