पूर्व स्वास्थ्यमन्त्री अधिकारी: १३ दिने गृहमन्त्री, साढे ३ महिने मुख्यमन्त्री


काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत प्राप्त गर्न सकेनन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा उनले २४ मत मात्र प्राप्त गरे ।

६० प्रदेशसभा सदस्यमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्न ३१ मत ल्याउनु पर्ने हुन्थ्यो । तर, उनको पक्षमा २४ जनाको मत मात्र प्राप्त भएकाले मुख्यमन्त्री अधिकारी पदमुक्त भएका छन् । पुस २५ गते मुख्यमन्त्री बनेका अधिकारी झन्डै साढे ३ महिना सत्ताको नेतृत्वमा रहे ।

शुशील कोइराला नेतृत्वको सरकारमा संघीय स्वास्थ्यमन्त्री बनेका अधिकारीलाई त्यसपछिको सत्ता फापेको देखिँदैन । उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा १३ दिने गृहमन्त्री बने । अहिले प्रदेश झरेर मुख्यमन्त्री बनेका अधिकारीले साढे ३ महिनामै सत्ता छाडेर प्रतिपक्षीको भूमिकामा उभिनु पर्ने अवस्था आएको छ ।

मुख्यमन्त्री अधिकारी पदमुक्त भएसँगै राप्रपाबाट सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका पञ्चराम गुरूङ पनि स्वत: पदमुक्त भएका छन् ।

अब गण्डकीको मुख्यमन्त्री ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे बन्नेछन् ।

क्याटेगोरी : समाचार
ट्याग : #खगराज अधिकारी, #गण्डकी प्रदेश सरकार, #पञ्चराम गुरूङ स्वास्थ्यमन्त्री प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com