विश्व बैंकको ४ अर्व लोप्पाले निमार्णाधीन ३९६ आधारभूत अस्पताल एकै पटक उत्तानो परे


काठमाडौं । नेपालमा बन्दै गरेका आधारभूत अस्पतालमा विश्व बैंकले सम्झौता अनुसार बजेट नदिँदा सबै अस्पताल एकै पटक उत्तानो परेका छन् ।

तत्कालीन केपी ओली सरकारले १७ मङ्सिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थियो । जसरी ओलीले एकै पटक शिलन्यास गरे त्यतिनै छिटो निमार्णाधीन अस्पताल बजेट अभावमा उत्तानो परेका छन् ।

स्वास्थ्यका अधिकारीहरु भन्छन्, ‘दुई वर्षभित्रमा बनाइ सक्ने बताइएको आयोजना थप हुने देखिएको छ । अधिकारीहरूका अनुसार करिब ३० वटा अस्पताल भने सम्पन्न भएका छन् । सातै प्रदेशका लागि ३ सय ९६ वटा बजेट स्वीकृत भएको थियो ।’

सरकारले आधारभूत अस्पताल निर्माण गर्न ५ अर्व विनियोजन गरेको थियो । यता विश्व बैँकले भने ४ अरब ६६ करोड दिने सम्झौता गरेको थियो । सोही अनुसार योजना बनाएर काम अगाडी बढेको भएपनि अन्तिम समयमा विश्व बैंकले बजेट रोकेको छ । जसका कारण बन्दै गरेका आधारभूत अस्पतालको निमार्णकाय रोकिन थालेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार लेखा शाखा, समन्वय महाशाखा, नीति योजना महाशाखा, अर्थ मन्त्रालयबीचको उच्चस्तरीय समन्वय शून्य छ । १८ पुसमा एक लट बजेट निकासा भएपछि ठप्प भएको छ ।

निर्माणको अवस्था यस्तो छ :

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com