पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई हराउने सांसद कोइरी निलम्बित


काठमाडौं । प्रतिनिधिसभा महोत्तरी क्षेत्र नम्बर एकबाट पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेललाई हराउने लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।

संघीय संसद सचिवालयले कोइरी निलम्बित भएको सार्वजनिक जानकारी गराएको छ ।

कोइरीलाई कर्तव्य ज्यान मुद्दामा पुथामै राखी मुद्दाको पुर्पक्ष  गर्नु भनी उच्च अदालत जनकपुरले आदेश दिएको जनाउँदै संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले उनी निलम्बित भएको सूचना निकालेका छन् ।

सभामुख देवराज घिमिरेले आजको मितिदेखि लागू हुनेगरी सांसद कोइरीलाई निलम्बन गर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को व्यवस्था बमोजिम प्रतिनिधसभा सदस्य कोइरीलाई सभामुख घिमिरेले निलम्बन गरेका हुन् ।

कोइरीले महोत्तरी एकबाट लगातर निर्वाचित हुँदै आएका माओवादी नेता एवं पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेललाई हराएर प्रतिनिधिसभा सदस्य बनेका थिए । उनी नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसैले निलम्बन प्रक्रिया ढिला भएको आरोप लाग्दै आएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मी महतो कोइरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com